काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । दुवै बैंकले साधारणसभा प्रयोजनको लागि शुक्रबार मंसिर २९ बुक क्लोज गर्दैछन् ।
त्यसैले, यी दुई वाणिज्य बैंकको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लाब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।




















प्रतिक्रिया