काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ ।
कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत खआर्थिक वर्षको नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंककने स्वीकृति पश्चात साधारणसभामा पेश गर्ने निणैय गरेको छ ।
यस वर्ष लाभांश वितरणको लागि रकम नछुट्याइएको कम्पनी सचिव नारायण अधिकारीले जानकारी दिए ।




















प्रतिक्रिया