Logo

अर्थ

सेयर बजारमा झिनो अंकको सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेप्से परिसूचक ६.३० अकंले बढेर १९९४.३५ बिन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक १.०६ अंकले बढेर ३७६.३६ को विन्दुमा पुगेको छ। त्यसैगरी आज बिहिबार ३०० कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज पाँच उपसूचकमा राताम्य भएको छ । बिहिबार बैंकिङ समूहको ०.०२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.०६ प्रतिशत, जीवन बीमा समूहको ०.१३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४८ प्रतिशत र ब्यापार समूहको ०.९२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज सोनापुरको १६ करोड ४ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, आज यी आठ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार बोटलर्स नेपाल (बालाजु), हिमालयन लघुवित्त, नेपाल हाइड्रो, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिड सोल र मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार १५:४९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।