Logo

अर्थ

सेयर बजारमा उत्साह, परिसूचक २ हजार अंकमाथि पुग्दा ५ अर्बबढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अकंले बढेको छ । नेप्से आज २७.७५ अकंले बढेर २०२२.३५ बिन्दुमा बन्द भएको हो ।

यस दिन २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ३८१.०७ को विन्दुमा पुगेको छ । यसअघि बजार गत असोज १० गते २ हजार विन्दुबाट तल खसेको थियो  ।

आज १० उपसूचकमा हरियाली आउँदा ३ उपसूचक भने राताम्य भएका छन् । आव बैंकिङ समूहको ०.६७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४२ प्रतिशत र ब्यापार समूहको ०.२३ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज हिमाल दोलखा हाइड्रोपावरको २५ करोड १२ लाख रुपैयाँ, सोनापुरको १६ करोड ६५लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल (बालाजु), रिडि पावर, शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, विन्ध्याबासिनि हाइड्रोपावर लगायत १३ कम्पनीको सेयरमा सर्किट लागेको हो ।

आज हिमालयन लघुवित्तको ६.७७ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ५.०४ प्रतिशत, मानुषि लघुवित्तको ३.९३ प्रतिशत, कालिका लघुवित्तको ३.८५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १ पुष २०८०, आईतवार १५:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।