Logo

मनोरञ्जन

सुदूरपश्चिम महोत्सवमा पल शाहको तीन तोलाको ब्रासलेट हरायो



धनगढी- धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ। स्रोतका अनुसार शनिबार शाहको करिब तीन तोलाको सुनको ब्रासलेट हराएको हो।स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो भन्ने विषयमा भने कुनै पत्तो लाग्न सकेको छैन।

ब्रासलेट खोज्न सिसिटिभी हेरिए पनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए। उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन।

तर शाहले ब्रासलेट हराएकोमा कुनै दुःख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ०६:२५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।