काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले २१औँ अनशन तोडेका छन् । धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै सोमबार अपराह्न अनशन तोडेका हुन् ।
स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेका डा. केसी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदैछन् । १० दिनअघि पित्तथैलीको शल्यक्रिया गरेका उनको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको छ ।
सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्नेलगायतका माग राखेर केसी अनशनमा बसेका थिए । ।





















प्रतिक्रिया