Logo

अर्थ

प्रधानमन्त्री प्रचण्डले गरे सिंहदरबारबाट मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजनाकाे अनुगमन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट निर्माणाधीन मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजनाको प्रगति अनुगमन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको उपस्थितिमा प्रचण्डले आयोजना प्रमुखबाट प्रगति विवरण माग गरेका हुन् ।

सर्वसाधारणको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले एक्सन रुमबाट अनुगमन गरेका हुन् । अनुगमनपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि  बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।’

२०७५ चैत ८ गते शिलान्यास भएको बुटवल–नारायणगढ सडकको प्रगति ५० प्रतिशतभन्दा कम छ । असोज महिनासम्म यसको प्रगति ४१ प्रतिशत थियो । २०७८ भदौ १२ गतेदेखि काम शुरू भएको मुग्लिन–पोखरा सडकको प्रगति पनि निराशाजनक रहेको छ । दुवै सडकको ठेक्का चिनियाँ ठेकेदारले पाएका छन् ।

 

प्रकाशित मिति : २ पुष २०८०, सोमबार १७:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।