Logo

अर्थ

शिवम् सिमेन्टले १५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीकाे पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १२:०२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।