Logo

खेलकुद

नेपाल सुपर लिग : आज झापा र धनगढीबीच प्रतिस्पर्धा हुने



काठमाडौं– नेपाल सुपर लिग फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ।

जारी लिगमा आज दुवै टोलीले सातौं खेल खेल्दैछन्। आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ।

धनगढी तीनमा जित र तीनमा बराबरीका साथ अपराजित रहँदै १२ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

आजको खेल जितेको खण्डमा धनगढी शीर्षस्थानमा उक्लिने छ। पोखरा १४ स्थानका साथ शीर्षस्थानमा छ।

यस्तै, झापा एफसी एकमा जित, चारमा बराबरी र एकमा हार बेहोर्दै ७ अङ्कका साथ पाँचौँ स्थानमा छ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार ०७:०६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।