काठमाडौं- प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रिएको चेल्सीले नाटकीय पुनरागमन गर्दै मंगलबार लिगकपमा न्युकासल युनाइटेडलाई टाइब्रेकरमा हराएर सेमिफाइनल पुगेको छ। सेमिफाइनल पुग्ने अन्य दुई टिममा फुलहम र च्याम्पियनसिप टिम मिडल्सब्रो रहेका छन्।
स्टायनफोर्ड ब्रिजमा भएको खेल १–१ को बराबरीमा रहेपछि चेल्सी पेनाल्टी सुटआउटमा ४–२ ले विजयी रह्यो। फुलहमले पनि एभरटनलाई टाइब्रेकरमै ७–५ पराजित गर्यो। त्यो खेलको निर्धारित समय पनि १–१ कै बराबरीमा रहेको थियो।
मिडल्सब्रो भने पोर्ट भेलमाथि ३–० को जित निकाल्न सफल रह्यो। अब बुधबारको अन्तिम क्वाटरफाइनलमा लिभरपुलले वेस्ट ह्यामको सामना गर्नेछ।




















प्रतिक्रिया