Logo

अर्थ

नाडाको अध्यक्षमा करण चौधरी सर्वसम्मत



काठमाडौं । नाडा अटाेमाेबाइल एशाेसियसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । आज साँझ भएको छलफलपछि करण चौधरीको नाममा सहमति जुटेको हो ।

अध्यक्षका अर्का प्रत्यासी आकाश गोल्छाले चौधरीको नाममा सहमति जनाएका हुन् । गोल्छा अर्को कार्यकालका लागि अध्यक्ष बन्ने सहमति भएको बताइएको छ ।

अब सदस्यमा पनि सर्वसम्मतको प्रयास हुनेछ । सदस्यहरु सर्वसम्मत भएपछि सदस्यमध्येहरुबाट पदाधिकारी चयन गरिनेछ । नाडाको ४७औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार ११:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।