काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा १००० रुपैयाँले बढेको नेपाल सुन चाँदी महासंघले जनाएकाे छ । आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।




















प्रतिक्रिया