Logo

शिक्षा

वीरगञ्ज महानगरले हटायो स्वयम्सेवक शिक्षक



वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईका अनुसार महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत सबै स्वयम्सेवक शिक्षकलाई हटाइएको जानकारी दिए । नगर शिक्षा समितिको मङ्गलबार बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण स्वयम्सेवक शिक्षकलाई हटाउने निर्णय गरेको थियो ।

महानगरपालिकाले गत साउन १ गतेदेखि आधारभूत तह र माध्यमिक तहमा एक सय ५७ स्वयम्सेवक शिक्षक राखेको थियो ।

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार १६:०३   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।