काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आईपीओ जारी गर्ने निर्णय गरेको छ ।सम्झौतामा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीको ६ करोड ६० लाख शेयर पूँजी बराबरको रु.१०० अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने भएको हो। प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा आईपीओ निष्काशन गर्ने पहिलो हेलिकप्टर कम्पनी हुनेछ ।
कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।
पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको यस कम्पनीले एयर बस कम्पनी द्वारा निर्मित Airbus H125 र रोबिन्सन कम्पनीद्वारा निर्मित Robinson R66 हेलिकप्टरहरु हवाई सेवा प्रदान गरिरहेको छ ।




















प्रतिक्रिया