Logo

अर्थ

३२ अंकले घट्यो नेप्से, ६ अर्ब माथिको कारोबार



काठमाडौं । निरन्तर सात दिनसम्म उकालो लागेको सेयर बजार आज भने ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.७७ अकंले घटेर २१०९.१० बिन्दुमा बन्द भएको छ ।

त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.०० अंकले बढेर ४०२.६३ बिन्दुमा पुगेको छ । बिहिबार ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँको कारोबार भएको हो ।

बिहिबार बजार ओरालो लाग्दा ११ उपसूचक घटेका छन् । आज बैंकिङ समूहको १.८७ प्रतिशत, विकास बैंक समूहको ३.२३ प्रतिशत, फाइनान्स समूहको ३.१० प्रतिशत, होटल तथा पर्यटन समूहको २.९९ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज शिवस् सिमेन्टको ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबार हुँदा सोनापुरको २५ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा बीमा सेक्टरबाट रिलायबल नेपाल लाइफमा मात्र पर्न सफल भएको छ । आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, शिवम सिमेन्ट ३० करोड ६८ लाख रुपैयाँ, सोनापुर मिनरल्स २५ करोड ४७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरी २० करोड ६ लाख रुपैयाँ, हाथवे इन्भेस्टमेन्ट १५ करोड ३६ लाख रुपैयाँ,घोराही सिमेन्ट १५ करोड २३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ १३ करोड ४३ लाख रुपैयाँ, युनिभर्सल पावर १३ करोड ३४ लाख रुपैयाँ, माउन्टेन इनर्जी १२ करोड ७९ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडिया ११ करोड ९३ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावर ११ करोड ३४ लाख रुपैयाँकाे सर्वाधिक भएकाे छ ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १५:४४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।