Logo

शिक्षा

नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ प्रदान



काठमाडौं ।  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, भोका बालबालिकालाई भोलि खाउला भन्न नसकिने बताएकी छन् ।

नेपाल बाल संगठनलाई संघ सरकारबाट प्राप्त हुनु पर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि उनले यस्तो बताएकी हुन् ।

सो अवसरमा महानगरले संगठनलाई ३० लाख रुपैयाँ प्रदान गरेको छ । चालु आर्थिक बर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुने गरी महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । उपप्रमुख डंगोलले यसमध्येको ३० लाख रुपैयाँ, संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरेकी हुन् ।

संगठनकी अध्यक्ष न्यौपानेले, संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १५:३६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।