Logo

प्रमुख समाचार

जाडो मौसममा शिशुको ख्याल कसरी राख्ने ?



काठमाडौं । जाडो मौसमले स्वास्थ्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ । सकारात्मक पक्ष भन्ने हो भने, चिसो तापक्रमले राम्रो निन्द्रालाई बढावा दिन सक्छ, किन भने शरीरले चिसो वातावरणमा आरामसँग आराम गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्ने, निमोनिया हुने जस्ता अन्य थुप्रै समस्याहरू देखा पर्दछन् । त्यसमा पनि जाडो मौसममा हामी शिशुलाई अरुको तुलनामा बढी मात्रामा बिरामी भएको देखिरहेका हुन्छौँ ।

जाडो मौसममा शिशुहरूले वयस्कहरूको तुलनामा भित्री तापक्रम चाँडै नै गुमाउँछन् । शिशुहरू एकदमै संवेदनशील हुन्छन् । उनीहरूको उमेर जति कम हुन्छ, चिसोसँग सामना गर्ने क्षमता त्यति नै कम हुन्छ । त्यसैले चिसो मौसमा शिशुहरूलाई विशेष ख्याल राख्नुपर्ने बालरोग विशेषज्ञ यशा अमात्य बताउँछिन् ।

चिसो मौसममा बच्चाहरूले धेरै पटक पिसाब फेर्छन्, यस्तो बेला बच्चालाई कपडा समय समयमा बदल्नुपर्छ । बच्चाहरूलाई जाडोमा दिनहुँ धुनु आवश्यक हुँदैन । मनतातो पानी प्रयोग गर्नुपछ र आफ्नो बच्चालाई बेरसम्म पानीमा भिज्न दिनुहुँदैन । बच्चालाई सुकाउँदा, राम्रो मोस्चराइजर  लगाउनुपर्छ । छाला सुख्खा भयो भने मोइस्चराइजर पुनः लगाउनुपर्छ । चिसो मौसमले छाला सुख्खा हुन सक्छ, त्यसैले आफ्नो बिच्चाहरूको छालालाई सुगन्धरहित लोशनले नियमित रूपमा मोइस्चराइजको प्रयोग गनुपर्छ । मोइस्चराइजको प्रयोग गर्दा हात र गाला ठाउँहरूमा सुख्खापनको जोखिम हुने हुँदा थप ध्यान दिनुपर्छ ।

‘बच्चाको सुत्ने ठाउँ न्यानो राख्नुपर्छ । तर धेरै तातो हुनबाट पनि जोगाउनुपर्छ । सुरक्षित र आरामदायी निन्द्राको लागि पहिरिन मिल्ने कम्बल प्रयोग गर्नुपर्छ । मुख, नाक पुरै छोप्नु भने हुँदैन । धेरै कसिएको पनि हुनुहुँदैन । शिशुलाई अधिक तातो भएमा पसिना आउने वा छाला फुल्ने जस्ता लक्षण देखिन्छन् त्यसैले शिशु सुताउने कोठा एकदमै तातो पनि हुनदिनु हुँदैन’, उनले भनिन् ।

चिसो मौसममा देखिने समस्या :
१ नाकबाट सिँगान बग्ने, नाक बन्द हुने, भोक नलाग्ने र चिड्चिडापन जस्तो लक्षण माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण देखिन्छ, जुन धेरै भाइरसका कारण हुन्छ ।
२ ब्रोंकियोलाइटिस – आर एस बी भायरसले फोक्सोमा साना श्वास नलीको सुनिने गर्छ, जसलेगर्दा सास फेर्न गाह्रो हुन्छ ।
३ निमोनिया – फोक्सोको संक्रमण हो ।
४ इन्फ्लुएन्जा–भाटइरसहरूबाट हुने फोक्सो र माथिल्लो वायुमार्गको भाइरल संक्रमण हुन्छ । लक्षणहरूमा एक्कासी ज्वरो आउने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने, नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, पखाला लाग्ने, बान्ता हुने हुन्छ ।
५ एक्युट भाइरल ग्यास्ट्रोइंटेस्टाइनल इन्टराइटिस – यसमा बान्ता, पखाला, ज्वरो आउने हुन्छ ।

‘जाडोको समयमा आफ्नो बच्चाको स्वास्थ्य नजिकबाट निगरानी राख्नुपर्छ । यदि लगातार खोकी लाग्नु, सास फेर्न गाह्रो वा असामान्य गडबडी जस्ता बिरामीको कुनै लक्षण देखिएमा चिकित्सककहाँ लानुपर्छ’, बालरोग विशेषज्ञ यशा अमात्यले भनिन् ।

 

प्रकाशित मिति : ५ पुष २०८०, बिहीबार १६:४५   :  बजे

375
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।