Logo

अर्थ

सफलताकाे धुन भरिएकी संगीता



काठमाडौं- गन्तव्य भेट्ने सु्रुवात एक पाइलाबाट हुन्छ। चालेका पाइला रोकिनु हुँदैन। कतै अल्झिनु हुँदैन। हिँड्दै गर्दा लडिएला। लड्दा उठ्न सक्नुपर्छ। उठेरमात्रै पुग्दैन, फेरि गन्तव्यतर्फ लम्किनु पर्छ। जीवनका सर्काधर्का चलाउन गाह्रो होला। तर, लक्ष्य भुल्नु हुँदैन। जो मान्छे जीवन लक्ष्य नभुलेर अवीरल यात्रा गरिरहन्छ, त्यो अवस्य पनि एक दिन सफलतामा पुग्छ। सोचे जस्तै जीवन र देखे जस्तै सपना हुँदो हो त कोही पनि किन दु:खी हुन्थे र? आज योजनाको उडान भर्नेहरू सफलताको गन्तव्यमा पुगेका छन्। त्यस्तै सफल पात्र हुन्, संगीता यादव।

उनी धनुषाको विकट क्षेत्र मिथिलाबिहार गाउँपालिकामा २०३६ साल ५ मंसिरमा जन्मिइन्। उनी जन्मिएको सयमा मिथिलाबिहारमा अभाव थियो, समस्या थियो। यातायातको सुविधा थिएन। छोरीहरूले पढ्न त चुनौतिका भिमकाय पहाड उक्लिनु पर्थ्यो।

संगीताका त झनै चार दिदी बहिनी र एक भाइ। गाउँका मान्छेले छोरीलाई किन पढाउने भन्थे?, अर्काको घरमा जाने जातमा किन लगानी गर्ने?, फेरि दाइजो पनि त दिनुपर्छ भन्थे।

तर, संगीताका पिताले कहिले त्यस्तो भनेनन्। छोरीलाई पनि छोरा सरह स्नेह प्रदान गरिरहे। उच्च शिक्षा अध्ययनका लागि माइली छोरी संगीतालाई पनि जनकपुर लगे। उनी पितासँगै मिथिलाबिहारबाट जनकपुर सरिन्।

संगीताको परिवारलाई गाउँको पछौटेपन थाहा थियो, झन्झटिला जटिलता बुझेका थिए। अध्ययन गरेर राम्रो स्थानसम्म पुग्न सकिन्छ भन्ने बुझठ्ठेका थिए। त्यसैले त संगीताका बुवा छोरीहरूलाई सकिनसकी सरकारी विद्यालयमा भए पनि अध्ययन गराइरहेका थिए।

जनकपुरको सकल कन्या माद्यमिक विद्यालयमा उनी भर्ना भइन्। विमला राणा विद्यालयकी प्रधानाध्यापक थिइन्। सम्मानपूर्वक यतिबेला संगीता प्रधानाध्यापक राणाले शिक्षाको विकासका खेलेको भूमिकालाई स्मरण गर्न चाहन्छिन्। र, भन्छिन्, ‘तिमिहरू पढेर अगाडि बढ्नुपर्छ भनिराख्नुहुन्थ्यो। काठमाडौंसम्म हुने विभिन्न प्रतियोगिताहरूमा आफैँ हामीलाई ल्याएर आउनुहुन्थ्यो। उहाँ मेरो प्रेणा केन्द्र पनि हो।’

विद्यालयमा अन्य महिला शिक्षीकाहरूले पनि शिक्षाप्रतिको प्रेरणा जागृत गरेको कुरा संगीताको हृदयमा अहिले पनि ताजकी बनेर बसेको छ। उनीहरूको प्रेरणाले संगीतालाई पनि अध्ययनमा रुची जागृत भइरहन्थ्यो।

उनी गाउँका अन्य महिलालाई हेर्थिन्। पढेका छैनन्। कम उमेरमै विवाह भएको छ। कष्टकर जीवन बाच्नु परिरहेको छ। त्यस्ले पनि संगीतालाई पढ्नुपर्ने भन्ने भावनाको विकास जागृत गराउँथ्यो। उनी मिहिनत गर्न थालिन्। पाँच कक्षाको बोर्ड परीक्षामा त उनी धनुषा जिल्ला नै ‘टप’ भइन्।

अध्ययन गर्दै गर्दा उनी आमा भइसकेकी थिइन्। सँगसँगै विद्यार्थी थिइन्, बुहारी थिइन्, श्रीमती थिइन्। उनले थुप्रै भूमिका निर्वाह गर्नुपर्ने हुन्थ्यो। त्यो अवस्था संगीताका लागि सहज थिएन। सफलता भेटाउन असहजतालाई पार गर्नैपर्छ भन्ने उनलाई थाहा थियो। जस्तो सुकै असहजतामा पनि विचलित नभइकन उनी अगाडि बढिरहिन्।

त्यसपछि उनलाई विभिन्न संघ संस्थाले सम्मान गर्न थाले। उनलाई पढाइमा थप ऊर्जा मिल्यो। उनीपछि जनकपुरस्थित आरआर क्याम्पसमा व्यवस्थापन संकाय अध्ययनका लागि भर्ना भइन्। उनी त्यहाँ पनि प्रविणता प्रमाणपत्र तहमा क्याम्पस ‘टप’ भइन्। उनले सोही क्याम्पसबाट बिबिए पास भइन्।

गाउँमा उनको बुवा छोरीलाई उच्च शिक्षा अध्ययन गराउने पहिलो व्यक्ति बने। मास्टर्श अध्ययन गर्दै गर्दा उनी सिरहाको विष्णुपुर गाउँपालिकामा बुहारी बनेर गइन्। बिहेपछि पनि संगीताको बुझकी परिवार पर्‍यो। उनको शिक्षामा रोकटोक भएन, बरु सकेको सहयोग भयो।

उनका श्रीमान् डा. विरेन्द्रप्रसाद यादव मिर्गौला रोग विशेषज्ञ छन्। बुझकी भएकै कारण उनलाई श्रीमान‍्ले पनि अध्ययनमा ठूलो सहयोग गरे। उनी एतिबेला बि एण्ड बि अस्पतालमा कार्यरत छन्। त्यसपछि सहज होस् भनेर उनले व्यवस्थापन संकायबाट एमबिएसम्मको अध्ययन सकिन।

अध्ययन गर्दै गर्दा उनी आमा भइसकेकी थिइन्। सँगसँगै विद्यार्थी थिइन्, बुहारी थिइन्, श्रीमती थिइन्। उनले थुप्रै भूमिका निर्वाह गर्नुपर्ने हुन्थ्यो। त्यो अवस्था संगीताका लागि सहज थिएन। सफलता भेटाउन असहजतालाई पार गर्नैपर्छ भन्ने उनलाई थाहा थियो। जस्तो सुकै असहजतामा पनि विचलित नभइकन उनी अगाडि बढिरहिन्। यी जिम्मेवारीलाई पुरा गर्दै उनले शिक्षामा ‘डिग्री’ हासिल गरिन्।

‘मेरो श्रीमान् निकै बुझकि हुनुहुन्थ्यो। उहाँले विचमा आफ्नो पढाइ रोकेर मलाई पढाउनु भयो। मैले मास्टर्श गरेपछिमात्र आफ्नो पढाइलाई निरन्तरता दिनु भयो। त्यसैले पनि मेरो शैक्षिक यात्रा सहज बनिदियो,’ मिठो अतित सुनाउँदै संगीता मुसुक्क हास्छिन्।

पुरुषवादी समाज र मधेश जस्तो समुदायमा जन्मिएकी संगीताका लागि श्रीमान‍्को साथ निकै ठूलो रह्यो।

त्यही साथका कारण उनी काम गर्न थालिन्। ‘कुनै उच्च पद आउँदा हामी महिलाहरू प्रयास गर्दैनौं। आफैँ पछि हट्छौं। यसले पनि हामीलाई समाजका कमजोर तुल्याउँछ। म प्रयास गर्न कहिले डराइनँ। सधैँ अवसरका लागि लडेँ। अवसर पाउनु नपाउनु अर्को पाटो हो,’ उनले भनिन्।

संगीताकी आमालाई पनि छोरीलाई पढाउनुपर्छ भन्ने लाग्थ्यो। त्यो समयमा आमाले ९ कक्षासम्म अध्ययन गरेकी थिइन्। उनलाई मेरी छोरीहरूले पढुन र राम्रो जीवन विताउन भन्ने चाहना थियो। कृषक परिवारकी संगीतालाई परिवारले पढाइमा कहिले बाधा गरेन।

गाउँलेले छोरीलाई जति पढायो त्यति धेरै दाइजो दिँनुपर्छ भनेर उतको बुवालाई अत्याउँथे। तर, उनका पिता कहिले आत्तिएनन्। बुझकी परिवारमै बिहे गरिदिएकाले दाइजोको माग पनि भएन। उनका दुई वहिनी दन्त विशेषज्ञ हुन्। एउटा बहिनी अमेरिकामा र अर्की अस्ट्रेलियामा छिन्। दिदी पनि प्रोफेसर छिन्। दाइ पनि व्यापारमा व्यस्त छन्। यसरी उनको शिक्षित परिवार हासिखुसी जीवन विताइरहेको छ।

यहाँसम्म पुग्न उनले थुप्रै संघर्ष गर्नु परेको स्मरण गरिन्। ‘हामीले एकै पटक धेरै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। फेरि हाम्रो समाजले अहिले पनि महिलालाई पुरुष झैँ विश्वास गर्दैन। यी सबै चुनौतिलाई चिरेर काम गर्नुपर्छ। र, मैले सैबै ठाउँमा समानुपातिक समय मिलाएर काम गरिरहेकी छु,’ उनले भनिन्।

संगीतामा सानैदेखि नेतृत्व गर्नुपर्छ भन्ने हुटहुटी थियो। विद्यार्थी हुँदा पनि उनी नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी हुन्थिन्। त्यसैले उनी जडिबुटी उत्पादन तथा प्रशोसन केन्द्र लिमिटेडको सिइओको भूमिकामा छिन्।

उनले यसभन्दा पहिले क्याम्पसमा अध्यापन गराइन्, एउटा सहकारीको निर्देशकका रूपमा काम गरिन्। गोल्डेनगेट इन्टरनेस्नल कलेजमा पनि उनले अध्यापन गराइन्। केही समय उनले एसियन डेभ्लपमेन्ट बैंकमा पनि काम गरिन्। त्यसपछि जडिबुटी उत्पादन तथा प्रशोसन केन्द्र लिमिटेडमा सिओओका लागि भ्याकेन्सी खुल्दा उनले यता अप्लाइ गरिन्। र, अवसर पाइन् पनि।

उनी जडिबुटी उत्पादन तथा प्रशोसन केन्द्र लिमिटेडमा पहिलो महिला महाप्रवन्धक बन्न सफल भइन्। तीन वर्षको कार्यकालमा डेढ वर्ष विताइसकेको उनले बताइन्।

यहाँसम्म पुग्न उनले थुप्रै संघर्ष गर्नु परेको स्मरण गरिन्। ‘हामीले एकै पटक धेरै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। फेरि हाम्रो समाजले अहिले पनि महिलालाई पुरुष झैँ विश्वास गर्दैन। यी सबै चुनौतिलाई चिरेर काम गर्नुपर्छ। र, मैले सैबै ठाउँमा समानुपातिक समय मिलाएर काम गरिरहेकी छु,’ उनले भनिन्।

उनले जीवनमा संघर्षका थुप्रै विषयलाई नजिकबाट नियालेकी छन्। धानकाटेको होस् चाहे रोपेको वा पिङमा नै खेलेको किन नहोस्, थुप्रै अनुभव संग्रहित छन् संगीतासँग। उनी आफूले पार गरेको धरातल कहिले नभूलेर अगाडि बढ्ने बताइन्।

‘काम गर्दा थुप्रै अनुभव सङ्ग्रहित भएका छन्। कतिपयले महिला भनेर राम्रो इज्जत दिनुहुन्छ। कतिले महिला हो, हामीले थर्काउँदा डराइहाल्छ पनि सोच्छन्। त्यसलाई कसरी लिने भनेर म फिल्टर गर्छु,’ उन्ले भनिन्। आफूलाई केहि अधिकृतहरूले राम्रो सहयोग गरिरहेको उनी बताउँछिन्।

कुनै कुरासँग आफू नडराउने बताइन्। काम गर्न आएकाले नियमपूर्वक स्वच्छ रुपमा काम गर्ने उनको भनाइ छ। मन्त्रालयले दिएको निर्देशन, बोर्डले गर्ने निर्णयमा रहेर नै आफूले काम गरिरहेको उनको भनाइ छ।

उनले संस्थालाई प्रोडक्ट डाइफिकेसनमा लैजाने आफ्नो योजना रहेको सुनाइन्। ‘हामीले आफ्नै प्रोडक्ट उत्पादन गर्नुपर्छ। त्यो नहुँदा हामी ग्रोथ हुनसक्दैनौं। सोही अनुरुप हामीले काम गरिरहेका छौं। हामीले हेयर वएल उत्पादन गरेका छौं। त्यो केही समयमै बजारमा लैजाने योजना छ,’ उनले भनिन्।

हातधुने साबुन निकाल्ने कार्यमा पनि आफूहरू जुटिरहेको उनले बताइन्। २०३८ सालमा स्थापना भएको कम्पनीले विभिन्न खालका सुगन्धित तेलमा काम गरिरहेको उनको भनाइ छ। त्यसको विदेशी बजार राम्रो रहेको संगीता बताउँछिन्।

विभिन्न बाम, सिलाजितलगायत उत्पादनको पनि राम्रो बजार रहेको उनले बताइन्। सञ्चचोको राम्रो बजार भएको उनी स्मरण गर्छिन्। कोरोना कालमा सञ्चो र सेनिटाइजरको राम्रो बजार रहेकाले कम्पनीले राम्रो मुनाफ आर्जन गरेको उनले बताइन्।

स्वायत्त कम्पनी भएकाले आफैँ उत्पादन गरेर कर्मचारीहरूले तलब खाइरहेको छ। अहिले कम्पनी राम्रो रहेको उनले बताइन्। उत्पादन र बजारीकरणलाई जोड दिएर काम भइरहेको उनले बताइन्।

उनका दुई छोराकी आमा संगीता महिला सवलीकरणमा सबैले ध्यान दिनुपर्ने बताउँछिन्। ‘महिलाले घरव्यवहार सम्हालिरहेका हुन्छन्। महिला शिक्षित हुँदा घर शिक्षित हुन्छ। त्यसैले महिलामाथि भेदभाव गरिनु हुँदैन।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १७:१९   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।