काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ ।
आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ४३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६.३४ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया