Logo

खेलकुद

एनएसएलः साविक विजेता काठमाडौं रेजर्स प्ले अफमा



काठमाडौं- काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता काठमाडौं रेजर्स प्लेअफमा प्रवेश गरेको छ।

शनिबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो।

काठमाडौंका लागि पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको काठमाडौंले प्ले अफमा स्थान बनाउँदा हारका बाबजुद ललितपुर पनि प्ले अफमा पुगेको छ।

ललितपुर, झापा, र बुटवलको समान १०÷१० अंक भएपनि हेड टु हेडमा ललितपुर अघि रह्यो।

पोखरा थन्डर्स १४ अंकसहित लिगको शीर्षस्थान तथा धनगढी १३ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाउन सफल भइसकेका छन्।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ७ : १५ बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।