Logo

अर्थ

साताको पहिलो दिन फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ।

साताको पहिलो कारोबारको दिन छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ।

छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार ११:५५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।