काठमाडौं- नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेयले शपथ ग्रहण गरेका छन् ।
पाण्डेयले आज (पुस ८ गते) सञ्चालक समितिको अध्यक्षबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । पाण्डेय गत पुस ६ गते बैंकको सीईओमा नियुक्त भएका हुन् । यससँगै उनले आजदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।
पाण्डेय तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरेका थिए । भिवोर बैंक पछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो।
पाण्डेयले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्यन गरेका छन् । उनले नेसनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरेका थिए।
प्रतिक्रिया