Logo

खेलकुद

एनएसएल क्वालिफायरका लागि आज पोखरा र धनगढीबीच प्रतिस्पर्धा



काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। पोखरा पहिलो र धनगढी दोस्रो भएर लिग चरण समाप्त गरेसँगै पहिलो क्वालिफायरमा भिड्न लागेका हुन्।

जारी लिगमा पोखरा ८ खेलबाट चारमा जित, तीनमा बराबरी र एकमा हार बेहोर्दै १५ अंकसहित शीर्ष स्थानमा छ। यस्तै धनगढी तीनमा जित, चारमा बराबरी र एकमा हारसहित १३ अंक जोडेर दोस्रो स्थानमा छ।

पहिलो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो टोलीको विजेतासँग दोस्रो क्वालिफायरको मौका पाउनेछ।

इलिमिनेटर राउण्डमा तेस्रो स्थानको काठमाडौँ रेजर्स र चौथो स्थानको ललितपुर सिटी एफसी भिड्नेछन्।

इलिमिनेटर राउण्डको विजेता टिमले पोखरा र धनगढीबीचको खेलमा हार ब्यहोर्ने टिमसँग दोस्रो क्वालिफायरका लागि खेल्नेछ।

 

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ०६:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।