Logo

बैंकिङ

सानिमा बैंकको सेयर मुल्यमा समायोजन 



सानिमा बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मूल्य समायोजन भएको छ । 

बैंकको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको १६औंं वार्षिक साधारण सभा कार्तिक २८ गते, शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुने बैंकको कार्तिक ६ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय गरेको छ । 

यसैगरी, सभामा बैंकको असोज २७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  १० : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।