Logo

खेलकुद

कोशीलाई उपाधि जित्नका लागि एपीएफको ११५ रनको लक्ष्य, अप्सरी बेगमको ह्याट्रिक



काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जित्नका लागि विभागीय क्लव एपीएफले कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेटमा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको हो ।

कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक लिएकी छिन् । खेलको अन्तिम ओभरकाे एफका पहिलो दोस्रो र तेस्रो बलमा क्रमश अर्धशतक बनाएकी इन्दु बर्मा, नेरी थापा र सोनु खड्काको विकेट लिएकी हुन् ।

एपीएफका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बलमा ६ चौका र एक छक्काको मद्दतले ५३ रन बनाउँदै आउट भइन् । त्यस्तै ज्योति पाण्डेले २७ रनको योगदान गर्दा रोमा थापाले १४ रन बनाइन् । एपीएफकी नेरी थापा र सोनु खड्का एक बलमा नै खाता नखोली आउट भए । सरिता मगर ९ रनमा र करुणा भण्डरी दुई रनमा अविजित रहे ।

कोशीका लागि अप्सरी बेगमले सर्वाधिक तीन, अलिषा खाँडियाले दुई तथा रुबिना क्षेत्री बेलबासे र निशा शाहले एक एक विकेट लिए ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १३:३८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।