Logo

मनोरञ्जन

दिपेन्द्रको निर्देशनमा ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक



काठमाडौं ।  सविना र नारद पोखरेलको राष्ट्रिय भाव झल्काउने ‘नजाने भो हाम्रो दुःख’ बोलको गीत सार्वजनिक भएको छ । एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई नायक, कलाकार तथा निर्देशक दिपेन्द्र प्रकास केसीले निर्देशन गरेका हुन् ।

शिशिर योगीको स्वर, नारद पोखरेलको शब्द, ज्योती प्रकाशको संगीत रहेको गीतको भिडियोमा शुरविर पण्डिर्त दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ ।

ओएसआर डिजिटल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोले युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यता, बेरोजगार युवाहरुको समस्यालगायत बाबुआमाले भोग्नुपरेको यथार्थ कथालाई चित्रण गरेको छ ।

गोविन्द अन्जानको छायांकन, कल्पेश विश्वकर्माको सम्पादन रहेको छ । भिडियोको छायांकन मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित कुन्छाल गाउँमा भएको हो ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार ११:३१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।