विगन— म्यानचेस्टर युनाइटेडले एफएकप चौथो चरण प्रवेशका लागि सोमबार विगनलाई २–० ले पराजित गरेको छ। खराब लयबाट गुज्रिरहेको युनाइटेडका लागि यो जित ठूलो राहतका रूपमा रहेको छ।
डिओगो डलोटले पहिलो हाफमा गरेको गोल मद्दतले अग्रता लिएको युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले दोस्रो गोल थपे। डीडब्लू स्टेडियममा प्राप्त यो जितले प्रशिक्षक एरिक टेन हागलाई सजिलो पार्नेछ।
युनाइटेडले घर बाहिर जितेको यो नोभेम्बरयता पहिलो पटक हो। यो जितले यस सिजन युनाइटेडले उपाधि जित्ने सम्भावनालाई पनि कायम राखेको छ।




















प्रतिक्रिया