Logo

स्वास्थ्य

देशभर १० वर्ष मुनिका ४ हजार ७३३ जना बालबालिका संक्रमित



नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका चार हजार ७ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख ७३ हजार ५ सय ६७ जना कोरोना संक्रमितमध्ये ४ हजार ७ सय ३३ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो। 

तीमध्ये एक हजार ९ सय ३६ जना बालिका रहेका छन् भने २ हजार ७ सय ९७ जना बालक रहेको मन्त्रालयले जनाएको छ | सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार २ सय ४३ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।

त्यस्तै प्रदेश २ मा ४२३, प्रदेश ५ मा ५१५, कर्णाली प्रदेशमा २०५, प्रदेश १ मा ४५०, सुदूरपश्चिम प्रदेशमा ६ सय १० जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८७ जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।  ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, पाँचथर, मनाङ, मुस्ताङ गरी ७ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
 

१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
संखुवासभामा २ बालक 
ओखलढुंगा १ बालिका  २ जना बालक 
खोटाङ २ बालिका १ बालक 
भोजपुरमा १ बालिका 
धनकुटामा १ बालक 
इलाम ३ बालिका र १ बालक 
झापामा ८ बालिका र २० बालक। 
मोरङमा ११६ बालिका र १५५ बालक 
सुनसरीमा ६२ बालिका र ७२ बालक 
उदयपुरमा ३ बालिका १ जना बालक 

सप्तरीमा १८ बालिका र ४६ बालक 
सिराहमा ३ बालिका र १४ बालक
धनुषामा १७ बालिका र ४१ बालक 
महोत्तरीमा ९ बालिका ३० बालक 
सर्लाहीमा २६ बालिका र ३२ बालक
रौतहटमा २९ बालिका र ४४ बालक 
बारामा १९ बालिका र २३ बालक
पर्सामा ३२ बालिका र ३० बालक

दोलखा १० बालिका र ४ बालक 
सिन्धुपाल्चोकमा ४ बालिका र ३ बालक 
रसुवा १ बालिका 
धादिङमा  ६ बालिका ११ बालक
नुवाकोटमा ६ बालिका र १४ बालक
काठमाडौंमा  ६१६ बालिका र ९१५ बालक
भक्तपुरमा ७२ बालिका र ११७ बालक
ललितपुरमा ९८ बालिका र १४५ बालक
काभ्रेपलान्चोकमा २६ बालिका र  २१ बालक
रामेछाप ५ बालक 
सिन्धुलीमा  ४ बालिका र ३ बालक 
मकवानपुरमा २५ बालिका र ३६ बालक 
चितवनमा २६ बालिका र ७२ बालक

गोरखामा १५ बालिका र १० बालक 
म्याग्दीमा १ बालिका २ बालक। 
कास्कीमा २१ बालिका  १९ बालक 
लमजुङमा ६ बालिका र ८ बालक
तनहुँमा १२ बालिका र ११ बालक
नवलपरासी पूर्वमा २० र बालिका ३६ बालक 
स्याङ्जामा ४ बालिका र १२ बालक 
पर्वतमा ३ जना बालक 
बाग्लुङमा १ बालिका र ६ जना बालक। 

रुकुम पुर्व १ बालक 
रोल्पामा २ बालिका र १ बालक 
प्युठानमा १४ बालिका र १३ बालक
गुल्मीमा १३ बालिका र १२ बालक 
अर्घाखाँचीमा ११ बालिका र १४ बालक 
पाल्पामा १३ बालिका र १० बालक 
नवलपरासी पश्चिममा १२ बालिका र १७ बालक 
रुपन्देहीमा  ८० बालिका र ९४ बालक 
कपिलवस्तुमा २३ बालिका र २८ बालक 
दाङमा २४ बालिका र १९ बालक 
बाँकेमा ४० बालिका र ४१ बालक 
बर्दियामा १४ बालिका र १९ बालक 

डोल्पामा २ जना बालक 
मुगुमा २ जना बालक 
हुम्ला १ जना बालक 
जुम्लामा ३ बालिका र ३ बालक 
कालिकोटमा ३ बालिका र १२ बालक 
दैलेखमा ११ बालिका र ४६ बालक 
जाजरकोटमा ३ बालिका र १ बालक 
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ६ बालिका  र १५ बालक 
सुर्खेतमा ४२ बालिका र ५० बालक 

बाजुरामा ३२ बालिका र ३२ बालक 
बझाङमा ३२ बालिका र ५३ बालक
दार्चुला  ५ बालिका  ३ बालक 
बैतडीमा १०  बालिका र १२ बालक
डडेल्धुरामा ७ बालिका र १६ बालक 
डोटीमा ६४ बालिका र ८६ बालक 
अछाममा ४१ बालिका र ७८ बालक 
कैलालीमा ७६ बालिका र ११३ बालक
कञ्चनपुरमा २५ बालिका र २५ बालक

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार