Logo

खेलकुद

बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन



काठमाडौं- जारी एशियन कपमा दक्षिण कोरिया र जोर्डन बराबरीमा रोकिएका छन्।

समुह इ अन्तर्गत शनिबार सम्पन्न खेलमा दक्षिण कोरिया र जोर्डन २-२ गोलको बराबरीमा रोकिएका हुन्।

दक्षिण कोरियाले ९१औ मिनेटमा गोल गर्दै यस खेलमा हारबाट बचेको थियो। दक्षिण कोरियाको बराबरी गोल भने जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेका थिए। यस अघि दक्षिण कोरियाका लागि सन् हेंग मिनले खेलको नवौं मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दै शुरुवात अग्रता दिलाएका थिए। १-० ले पछि परेको जोर्डनले खेलमा कमब्याक गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो।

जोर्डनका लागि एक गोल याजन अल नियामतले गरेका थिए भने अर्को गोल दक्षिण कोरियाका पार्क योंग यूले आत्मघाती गोल गरेका थिए।

यो बराबरीपछि जोर्डन र दक्षिण कोरियाको समुह इ मा २-२ खेलमा ४-४ अंक भएको छ र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन्।

अब समुह चरणको अन्तिम खेलमा आगामी विहिबार दक्षिण कोरियाले मलेसियाको सामना गर्ने छ भने जोर्डनले बहराइनको सामना गर्ने छ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार ०७:०९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।