Logo

खेलकुद

ईएफएल कपको फाइनलमा पुग्यो लिभरपुल



काठमाडौं- लिभरपुल इएफएल कप (कारबाओ कप) को फाइनलमा पुगेको छ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फुलह्यामसँग १-१ गोलको बराबरी खेल्दै लिभरपुलले समग्रमा ३-२ को नतिजा निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए भने खेलको ७६औं मिनेटमा फुलह्यामका इस्सा डिओपले बराबरी गोल गरेका थिए।

यस अघिको पहिलो लिग लिभरपुलले २-१ ले जितेको थियो।

अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ। फाइनल खेल फेब्रुअरी २५ मा हुने छ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०७:१६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।