Logo

खेलकुद

प्रधानमन्त्री कप : मधेशले गण्डकी प्रदेशलाई दियो ३३६ रनको विशाल लक्ष्य



काठमाडौं । ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई जितका लागि ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मधेश प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ३ सय ३५ रन बनाएको हो ।

अनिल जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि पहिलो स्थानमा छन् । उनले हालसम्म आठ खेल खेलेर ४६.२५ को औसतले कुल ३ सय ७० रन बनाइसकेका छन् ।

पवन सर्राफले पनि टोलीका लागि ४० रनको योगदान गरे । चौथो नम्बरका ब्याट्सम्यान पवनले ३८ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान रुपेशसिंहले २३ रन जोडे । उनले ३५ बलमा तीन चौका हिर्काए ।

मयान यादबले पनि टोलीको खातामा २७ रन थपे । उनले ४४ बलमा दुई चौका प्रहार गरे । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित २७ रन थपे । उनले केवल १९ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।

कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर शाह दुई रनमै पेभेलियन फर्किएका थिए । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सन्दीप पराजुलीले दुई विकेट लिए । कृष्ण पौडेल र कमल परियारले पनि एक–एक विकेट हात पारे ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १३:४२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।