काठमाडौं- जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
बलाइडोस रंगशालामा भएको खेलमा घरेलु टोली सेल्टा भिगोमाथि १-० को कठिन जित निकाल्दै जिरोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो।
खेलको २०औँ मिनेटमा जिरोनाका लागि पोर्टुले गरेको गोल नै निर्णायक सावित भयो। पोर्टुले मिगुएल गुटिएरेजको पास गोल गरेका थिए। बाँकी सयमा दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन्।
जितसँगै शीर्ष स्थानमा उक्लिएको जिरोनाको २२ खेलबाट ५५ अंक भएको छ। एक खेल कम खेलेको रियल मड्रिडको ५४ अंक छ।
जिरोनासँग पराजित भएको सेल्टा भिगोको भने २२ खेलबाट १७ अंक छ। र, सेल्टा भिगो लिगको १७औँ स्थानमा छ।




















प्रतिक्रिया