Logo

खेलकुद

अल हिलालसँग इन्टर मियामी पराजित



काठमाडौं- क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले इन्टर मियामीलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।

अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक एक गोल गरेका थिए।

त्यसैगरी इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेसी र डेभिड रुइजले एक एक गोल गरेका थिए।

हाल साउदी भ्रमणमा रहेको इन्टर मियामीले अब फेब्रुअरी १ मा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरसँग खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ०७:५१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।