काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक एक गोल गरेका हुन्। त्यस्तै नोट्टीङघम फरेस्टका लागि एक गोल टाईवो अवोनलयीले फर्काएका थिए।
यो जितपछि आर्सनलको २२ खेलमा ४६ अंक भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ। आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ। यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ।
त्यस्तो नोट्टीङघमको २२ खेलमा २० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ।




















प्रतिक्रिया