धनगढी- गोदावरी नगरपालिका-१ अत्तरियामा रहेको किड्स जोन स्कुलले संस्कारसहितको शिक्षा प्रदान गरिरहेको छ।
विद्यार्थीहरूलाई कितावी ज्ञानका अतिरिक्त विद्यालयले प्रयोगात्मक ज्ञान प्रदान गरिरहेको हो। पुरानो संस्कृति नेपालको पहिचान भएको र त्यसलाई जोगाउन सबैले भूमिका खेल्नुपर्ने कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई परम्परागत बस्तुहरू बनाउन सिकाइएको विद्यालयका प्रिन्सिपल मदन जोशीले बताए।
‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो। त्यसमा हामीले विशेष ध्यान दिइनै रहेका छौं। त्यसका अलावा हामीले विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलाप पनि गराउँछौं। यस पटक हामीले विद्यार्थीहरूलाई ढिकी, जाँतो जस्ता सामग्री बनाउन सकियायौं। यसले उनीहरूमा पुरानो संस्कार र संस्कृति पुस्तान्तरण हुने हाम्रो विश्वास छ,’ जोशी भन्छन्।
माटोबाट ढिकी, जाँतो, भाँडाकुडा जस्ता सामग्री बनाउन सिकाइएको उनले बताए। विद्यार्थीहरूले पनि चाखपूर्वक त्यस्ता सामग्री तयार पारेको उनको भनाइ छ। उनले संस्कारसहितको शिक्षा आफूहरूको प्राथमिकता रहेको बताए।
‘विद्यार्थीलाई सानैबाट संस्कारी हुन सिकाएमा पछि त्यो देशको संस्कारयुक्त नागरिक हुन्छ। हामीले सानोमा जस्तो शिक्षा दियो भोली उसले त्यस्तै बाटो अंगिकार गर्ने हो,’ जोशीले भने। आफूहरूको यस्तो क्रियाकलापप्रति अभिभावकहरू पनि खुसी रहेको उनी बताउँछन्।































प्रतिक्रिया