Logo

मनोरञ्जन

शुक्रबारदेखि शिल्पी थिएटरमा चे शंकरको सहिद ‘गंगालाल’



काठमाडौं- शिल्पी थिएटर बत्तीसपुतलीमा माघ ९ शुक्रबारदेखि २९ सम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक गंगालाल मञ्चन हुने भएकोछ। गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारीमात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चेशंकरले बताए।

विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए।

नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन्। नाटक स्कुलका विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारहरूले गंगालाललाई फरक पाटोबाट चिन्न हेर्नु पर्ने लेखक/निर्देशक चे बताउछन्।

सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागिएको यस नाटकलाई हिजो माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो। नाटकमा कलाकारहरूनिर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेनबात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन्। ड्रामा टर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेकाछन् भने साउण्ड डिजाइन् रिजन महर्जन र अभिषेक विकले गरेका छन्। नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन्।

नाटकको अतिरिक्त मन्चन शनिबार १ बजे पनि हुनेछ भने यो शैक्षिक विषयसँग जोडिएको नाटक भएको हुँदा स्कुलका बालबालिका र शैक्षिक सस्थाहरूले अनुरोध गरेको भिन्न-भिन्न समयमा पनि मन्चन गरिने निर्देशन बताउँछन्। निर्देशक चे शंकरले यसअघि निर्देशन गरेका कोही किन बरबाद होस्, म्याड म्यान्स डायरी, लुक ब्याक इन एंगर, सेम टाइम नेक्स्ट इयर, उलार जस्ता दर्जन बडी नाटक निक्कै रुचाइएका थिए।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १३:१४   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।