Logo

मनोरञ्जन

हरिराम र बबिनाको ‘पिरतीको गीत’ सार्वजनिक



काठमाडौं । गीतकार हरिराम पौडेलले लेखेका मुटुका प्रेमिल भावहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा ‘पिरतीको गीत’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

बबिना भट्टराईको अफिसियल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । ‘पिरतीको गीत’बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा हेर्न सकिन्छ ।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १४:१९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।