Logo

अर्थ

आन्तरिक राजस्व बिभागको महानिर्देशकमा भुपाल बराल



काठमाडौं । आन्तरिक राजस्व बिभागको महानिर्देशक फेरिएका छन् । लामो समयदेखी बिभागको नेतृत्व गर्दै आएका दीर्घ राज मैनालीलाई हटाएर भुपाल बराललाई महानिर्देशक नियुक्त गरिएको हो ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै जनार्दन शर्मा र बिष्णु पौडेलले समेत रुचाएका मैनालीलाई मन्त्रालय तानेर बराललाई जिम्मेवारी दिएका हुन् ।

मैनालीलाई भने सार्वजनिक ऋण ब्यवस्थापन कार्यालय पठाईएको छ । आन्तरिक राजस्व बिभाग जानू अघि पनि मैनाली सोही कार्यालयमा थिए । मैनालीलाई केपी शर्मा ओलीले राजस्व अनुसन्धान बिभागको जिम्मेवारी दिएका थिए भने जनार्दन शर्माले आन्तरिक राजस्व बिभागमा पठाएका थिए । उनी ओली, देउवा, प्रचण्ड लगाएत सबैलाई रिझाउन सफल मानिन्छन् ।

बजेटमा करका दर हेरफेर र बैंकलाई मर्जररएफपिओमा कर लगाउने भूत प्रभावी ब्यवस्था ल्याएपछि मैनालीको आलोचना भएको थियो । आफैंले प्रस्ताव गरे अनुसार पनि राजस्व संकलन गर्न नसकेपछि मैनालीलाई हटाउन अर्थमन्त्री माथी दवाब थियो ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सारका प्रमुख टोकराज पाण्डे पनि तानेर मन्त्रालयको प्रशासन महासाखा प्रमुख बनाइएको छ । भन्सार बिभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई बिमानस्थल भन्सार प्रमुख बनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार १७:०६   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।