Logo

खेलकुद

फ्रेन्च लिगमा साम्बाको डेब्यु



काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेकी छन् । शनिबार बोर्डोविरुद्ध मैदान उत्रिदै साम्बाले फ्रेन्च लिगमा डेब्यू गरिन् ।

फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पमा अनुबन्धन भएकी साम्बा फ्रेन्च लिग खेल्ने पहिलो खेलाडी समेत बनिन् । साम्बाले डेब्यू गरेको खेल १–१ को बराबरीमा सकिएको थियो ।

शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् ।

उनले ७५औं मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइन् । खेलमा आठौं मिनेटमा एन्टोइन स्टारोभाले गोल गर्दै गुईंगाम्पलाई अग्रता दिलाएकी थिइन् । तर, लौरा बौर्गोइनले ३६औं मिनेटमा बोर्डोका लागि बराबरी गोल गरिन् ।

यस बराबरीपछि गुईंगाम्प १३ खेलमा २ जित, ३ बराबरी र ८ हारको नतिजा निकाल्दै ९ अंक जोडेर आठौं स्थानमा छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १२:१५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।