Logo

मनोरञ्जन

सन्ध्यासँग कोशिसले कसे लगनगाँठो



काठमाडौं । अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् । हेटौँडा स्थायी घर भएका कोशिसले हेटौँडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् ।

उनीहरुबिच गत माघ १७ गते विवाह भएको हो । कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका कोशिसले ‘मोक्ष‘ सिनेमामा उत्कृष्ट काम गरेको भन्दै तारिफ पाएका थिए । यो वर्ष उनी अभिनित ‘ऐंचोपैचो‘ तथा ‘परस्त्री‘ सिनेमा रिलिज भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १४:१९   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।