काठमाडौं- मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल एवम् कार्यक्रम प्रस्तोता सुगरिका केसी नियुक्त भएकी छन्।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ७८औं बैठकले केसीलाई संचालकमा नियुक्त गरेको हो।
कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक रिक्त रहेका कारण कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलीको नियम २७ को उपनियम ४ बमोजिम आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी उनलाई नियुक्ति गरेको कम्पनीले जनाएको छ।




















प्रतिक्रिया