Logo

अर्थ

आज कुन देशको मुन्द्राको विनिमयदर कति?



काठमाडौं- आज २०८० माघ २५ गते, ८ फेब्रुअरी २०२४। नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ।

अमेरिकी डलरको भाउ घटेको छ। हिजो अमेरिकी १ डलरको खरिद दर १३२.६० रुपियाँ र बिक्री दर १३३.२० रुपियाँ तोकिएकामा आज खरिद १३२.४६ रुपियाँ र बिक्री १३३.०६ रुपियाँ छ।

युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ। आज युरो १ को खरिद दर १४२.६५ रुपियाँ र बिक्री दर १४३.२९ रहेकामा अघिल्लो दिन खरिद १४२.३३ रुपियाँ र बिक्री १४२.९८ थियो।

त्यसैगरी राष्ट्र बैंकले बिहीबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.३२ र बिक्री दर १६८.०७ रुपियाँ तोकेको छ, जुन हिजो खरिद १६६.३९ र बिक्री १६७.१४ रुपियाँ थियो।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ०७:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।