Logo

अर्थ

६ महिनामा ७ खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार ६ महिनामा उक्त रकम बराबरको रेमिट्यान्स भित्रिएको हो ।

गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएकोमा चालु आवमा यो दर २५.३ प्रतिशतले वृद्धि भएको हो।

यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च दरमा कमी आएको छ। छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ।

गत वर्षको छ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख १८ हजार थियो। चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै ३ लाख ४३ हजारले यस्तो स्वीकृति लिएका छन्।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १७:२८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।