Logo

खेलकुद

यू-१९ विश्वकप क्रिकेट : उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने



काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता भारत र अस्ट्रेलियाबिच भिडन्त हुने भएको छ । फाइनल खेल आइतबार खेलिने छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेसँगै फाइनल समीकरण पूरा भएको हो । गएराति सकिएको खेलमा पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशलमव १ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए । ओलिभर पिएक ४९ रनमा आउट भए । पाकिस्तानका अलि राजाले ४ तथा अरफत मिन्साहले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रन बनाएको थियो ।

पाकिस्तानका लागि अरफत मिन्हासले सर्वाधिक ५२ र आजन आवैस ५२ बनाए। अन्यको प्रदर्शन उल्लेखनीय रहेन । अष्ट्रेलियाका टम स्ट्याकरले ६ विकेट लिए । भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार ११:२७   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।