काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए। हालाण्डले कहल्को ७१औं र ८५औं मिनेटमा गोल गरेका थिए।
यो जितपछि म्यानचेस्टर सिटी लिगको शिर्ष स्थानमा उक्लिएको छ। सिटीको २३ खेलमा ५२ अंक भएको छ र दोस्रो स्थानमा रहेको लिभरपुलको २३ खेलमा ५१ अंक रहेको छ।
त्यसैगरी एभर्टनको भने ११ हार हो। एभर्टनको २४ खेलमा १९ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ।




















प्रतिक्रिया