काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको खुद मुनाफा र कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ।
दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद मुनाफा ३६ प्रतिशतले वृद्धि भएर १७ करोड ६४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
त्यस्तै, समिक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जित रकम गत बर्षको तुलनामा ९६ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक बर्षमा १ अर्ब ३ करोडको बीमा व्यवसाय गरेको कम्पनीले यस वर्ष झण्डै शतप्रतिशतले वृद्धि गरेर २ अर्ब ३८ करोड रुपैयाँ पुराएको छ।
कम्पनीले मर्जर पछि जीवन बीमा शुल्क आर्जनमा दोब्बरले बृद्धि गरेको छ। कम्पनीले समिक्षा अवधिमा २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिमा एक अर्ब ३ करोड मात्रै थियो। प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा ७१ करोड ९९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। व्यवसायमा सुधारसँगै अभिकर्ताले पाउने कमिशन पनि बढेर २३ करोड ८ लाख खर्च भएको छ।
कम्पनीको जीवन बीमा कोष ८ अर्ब ५१ करोड नाघेको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड पुगेको छ भने जगेडा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ।




















प्रतिक्रिया