Logo

अर्थ

एनआईसी एशिया लघुवित्तको नाफा ह्वात्तै घट्यो



काठमाडौं- चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एनआईसी एशिया लघुवित्तको खुद नाफा घटेको छ। गत आवको सोही अवधिमा १४ करोड ४२ लाख ९६ हजार रुपियाँ खुद नाफा कमाएको संस्थाले समीक्षा अवधिमा ११ लाख ६ हजार रुपियाँमा मात्रै नाफा कमाएको छ। यो गत आवको तुलनामा ९९.२६ प्रतिशतले कम हो।

खराब कर्जा चुलिँदा संस्थाको घाटा बढेको हो। त्यसैगरी, पुस मसान्तसम्म आइपुग्दा संस्थाको खराब कर्जा १०.३८ प्रतिशतले बढेर १३.७६ प्रतिशत पुगेको छ। गत आवको सोही अवधिमा यस्तो कर्जा ३.३८ प्रतिशत मात्रै थियो।

साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ। खुद ब्याज आम्दानी २७.०८ प्रतिशतले घटेर ३९ करोड ९३ लाख २८ हजार रुपियाँमा सीमित भएको छ भने सञ्चालन नाफा ८९.६२ प्रतिशतले घटेर २ करोड २१ लाख १५ हजार रुपियाँ कायम भएको छ।

समीक्षा अवधिमा चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपियाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी १७.०८ रुपियाँले घटेर १३ पैसामा आएको छ भने प्रतिशेयर नेटवर्थ ११५.१५ रुपियाँ छ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार ०९:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।