Logo

अर्थ

साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले घटेको हो।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतिताला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार रुपैयाँमा झरेको छ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने गत शुक्रवारकै मूल्य कायम हुँदै १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार ११:४१   :  बजे

534
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।