Logo

अर्थ

एनआईसी एसिया बैंकका डेपुटी सीईओ पाण्डेको राजीनामा अस्वीकृत



काठमाडौं । एनआईसी एसिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेको राजीनामा अस्वीकृत भएको छ ।

शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो । पाण्डेले बुधबार नै बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका थिए ।

अनलाइनपानासँग कुरा गर्दै पाण्डेले भने-‘लामो समय जागीर गरियो, अब बाँकी समयमा आफ्नै केही व्यवसाय सुरु गरौँ भन्ने हिसाबले राजीनामा दिएको थिए, तर राजीनामाका विषयलाई अतिरन्जित गरियो । जसले गर्दा सञ्चालक समितिले अनुमति नै दिएन।’

बैंकबारे विभिन्न टिकाटिप्पणी बाहिरिरहेका बेला उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै राजीनामा अस्वीकृत भएको जनाइएको छ ।

२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागदेखि विभागीय प्रमुख हुँदै २०७५ मंसिरदेखि डेपुटी सीईओको रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार १२:३६   :  बजे

306
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।