काठमाडौं । नेपाल तरुण दल सिन्धुली जिल्ला कार्यसमितिको आयोजनामा हुन लागेको निशुल्क मुट रोग विशेषज्ञ स्वास्थ शिविरको कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष विद्वान गुरुङ फाल्गुन ४ गते सिन्धुली जाने भएका छन् ।
ओपिडी, इसिजी, औषधी, इको निशुल्क परिक्षण एवं दम, थाइराइड, फोक्सो, मानसिक स्वास्थ्यसम्बन्धी शिविर राखिएको तरुण दल जिल्ला अध्यक्ष शहदेव मैनालीले जानकारी दिए ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा-२ झनझनेमा आयोजना हुन लागेको बृहत् स्वास्थ्य शिविर नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङको प्रमुख आतिथ्यमा हुने उक्त स्वास्थ्य शिविरको कार्यक्रममा जिल्ला भरिको वासिन्दाहरुलाई स्वास्थ्य सेवाको लाभ लिन तरुण दल जिल्ला अध्यक्ष मैनालीले आग्रह गरेका छन् ।




















प्रतिक्रिया